प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्ने भएका छन् ।
केही दिनदेखि गृह जिल्लामै रहेका प्रधानमन्त्री देउवाले यसअघि पनि सोही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए । गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् ।
प्रधानमन्त्री देउवाले सोही विद्यालयमा अध्ययन पनि गरेका हुन् । उनको घर विद्यालयको पूर्वतर्फको मटेला गाउँमा पर्छ । डडेल्धुरामा कुल मतदाता सङ्ख्या ९० हजार ११९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।