बझाङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामी रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
उनले सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।