दयाहाङ राई स्टारर ‘कबड्डी ४’ले ‘टप गन’सँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । आगामी जेठ १३ गते नेपाली बक्स अफिसमा दयाहाङ राई स्टारर ‘कबड्डी ४’ र टम क्रुज अभिनित हलिउड फिल्म ‘टप गन माभेरिक’बीच प्रतिस्पर्धा हुने भएको छ ।मल्टिप्लेक्समा यी दुवै फिल्मले एकअर्काको व्यापारलाई प्रभावित पार्ने अनुमान गरिएको छ ।

‘मिसन इम्पोसिबल’ फेम्ड टम क्रुजको नयाँ फिल्म ‘टप गन’ हलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । फिल्ममा क्रुज एक परीक्षणकालीन पाइलटको रुपमा चित्रित छन् ।

यता ‘कबड्डी ४’ पनि नेपालमा सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक हो । जसले गर्दा यी दुवै फिल्मले एकअर्कालाई प्रभावित पार्न सक्नेछन् । उसो त, ‘कबड्डी ४’ले रिलिजअघि नै लगानी उठाइसकेको छ र ऊ हलबाटै पैसा कमाउनुपर्छ भन्ने दबाबमा छैन ।

जसले गर्दा ‘टप गन’को मल्टिप्लेक्स प्रतिस्पर्धामा ‘कबड्डी ४’ निर्मातालाई सहज नै हुनेछ । ‘कबड्डी ४’ले ६० प्रतिशत शो पाउँदा ‘टप गन’ले ४० प्रतिशत पाउने अनुमान गर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार