बढ्यो टीभीएस बाइक र स्कुटरको मूल्य

टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य सूची अनुसार मोटरसाइकल तथा स्कुटरको मूल्य पाँच हजार रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म बढेको छ।

धेरै मूल्य टीभीएस रेडर मोटरसाइकलमा बढेको छ। पहिले २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य पर्ने बाइक ९ हजार रुपैयाँ बढेर २ लाख ५६ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी टीभीएस स्ट्राइकर रिफ्रेसको पहिले २ लाख १२ हजार ९ सय रुपैयाँ भएकोमा ९ हजार बढेर यसको नयाँ मूल्य २ लाख २१ हजार ९ सय रुपैयाँ पुगेको छ। अपाचे आरटीआर १६० फोरभी आरडी एबीएस र अपाचे आरटीआर १६० फोरभी एफडी रिफ्रेसको मूल्य प्रत्येकमा ५ हजार रुपैयाँले बढेर क्रमशः ३ लाख ४४ हजार ९ सय र २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।

यस्तै टीभीएस एनटर्क १२५ ड्रम र वेगो एफआई स्कुटर प्रत्येकको मूल्यमा ८ हजार रुपैयाँ बढेर अब यी स्कुटरको मूल्य क्रमशः २ लाख ३१ हजार ९ सय र २ लाख २५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ। एनटर्क १२५ सुपर स्क्वाड स्कुटरमा ६ हजार रुपैयाँले मूल्य वृद्धि भएर २ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार