राष्ट्रिय महिला क्रिकेट टिमले युगाण्डासँग टी‍–ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले युगाण्डासँग टी‍–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।गत नोभेम्बरमा नेपाली महिला टिमले कतारमा तीन म्याचको पहिलो अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। महिला टिमले घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको भने यो पहिलो पटक हो।पाँच खेलको सिरज आगामी २ जेठदेखि शुरु हुनेछ।

खेलहरू नेपालमा नै हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। सिरिजका सबै खेल टीयू खेलमैदान कीर्तिपुरमा हुनेछ। नेपाल महिला टी‍–ट्वान्टी वरियतामा १६ औँ स्थानमा छ। युगाण्डा भने नेपालभन्दा तीन स्थान तल १९ औँ स्थानमा छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार