निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

मतदाता परिचय पत्र पनि वितरण गरिँदै

निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।

आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउने छ। स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।

यसको अनुगमनको लागि आयोगले अनुगमन टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरित काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार