स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड मैदानमा नै ढले

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो घाइते बनेका छन् । मंगलबार राति भएको सेल्टा भिगोविरुद्धको खेलको ६७औं मिनेटमा उनी घाइते भएका हुन् ।

आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड मैदानमा ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो ।

गम्भिर चोट बोकेका उनको अवस्था अहिले समान्य भएको क्लबले जनाएको छ । बार्सिलोनाले यो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार