निर्वाचन आयोगले प्रचण्ड र आरजुलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई स्पष्टीकरण सोधेको छ ।

वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो । मंगलबार नेपाली कांग्रेस (बीपी) ले प्रचण्डविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४र५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए ।

उक्त उजुरीका आधारमा आयोगले अध्यक्ष प्रचण्ड र नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार