स्थायी कमिटी बैठक सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ । बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।

स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार