संक्रमित बोक्न मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

Sunrise Bank Middle Size

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । मेयर बासुदेव घिमिरेले चढ्ने लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले चढ्ने लु १ झ ३२६ नम्बरको स्कार्पियो गाडीलाई एम्बुलेन्स बनाउन लागिएको हो ।

नगरपालिकामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै गएको र संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो । उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने मेयर घिमिरेल बताए ।

दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् । नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...