बालुवाटारमा आकस्मिक एमाले स्थायी कमिटी बैठक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुन लागेको बैठकमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन् ।

त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए । तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ । बैठकमा बुधबार काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नेछन् ।

यस्तै बुधबार नै नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार