बुटवलमा डिशहोम फाईवरनेटको सोरुम

डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलेकट्रोनिक्स एन्ड इलेक्ट्रिक सप्लायर्सले सञ्चालन गर्ने गरी मिति २०७९ वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुबेदी र सेल्स अफिसर विनोद सुबेदी नेपाल डिटिएच लिङ्कका प्रोप्राइटर राजकुमार सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदीप सुबेदीले रिबन काटेर शोरुम को समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलेकट्रोनिक्स एन्ड इलेक्ट्रिक सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलेकट्रोनिक्स एन्ड इलेक्ट्रिक सप्लायर्सका सञ्चालक विवेक गुप्ताले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार