सल्यानको कुमाख गाउँपालिका–४ स्यालास्थित भेरी नदीको किनारमा २४ वर्षीय युवकको शव भेटिएको छ । जाजरकोट स्थायी घर भई रुकुमको आठबीसकोट नगरपालिका–११ चीसापानीमा बस्दै आएका बिर्खे कामीको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत २१ गते भेरी नगरपालिका–४ मटेला जाजरकोटमा आफन्तको विवाहमा जन्तीको गएका बेला नुहाउने क्रममा ती युवक डुबेर बेपत्ता भएका थिए ।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पोस्टमार्टमका लागि शव चौरजहारी अस्पतालमा लैजाने तयारी भइरहेको उनले जानकारी गराए ।