बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

मृतक वैशाख २० गते धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा नै आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । मृतक पुरुषमा मधुमेह, ब्लड प्रेसरलगायत अन्य समस्याहरु पनि रहेको उनले जानकारी दिएका छन् ।

योसँगै बागलुङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार