कोका-कोला १३६ औं वर्षमा प्रवेश

८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एटलान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिष्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेय पदार्थ करोडौँ मानिसहरूको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको होलान् । यो पेय पदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्गेजमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैँमा युनिक छ, र यसले आफ्ना विश्वभरिका उपभोक्ताहरूलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाद दिदैं आएको छ ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो ।

नेपाली उपभोक्ताहरुसंगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरू उपलब्ध गराउँदै उनीहरूलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ माआफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो। नेपाली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रूपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रूपमा मोःमोःउत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सञ्चालन गर्दै आएको छ।

कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सञ्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तीकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।

आफ्नो “ वर्ल्ड विदाउट वेस्ट“ को विश्व–व्यापी उद्देश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रक्रियामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ। साथै स्युस्यु, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानी कम गर्ने रणनितिको सफल कार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रूपमा स्थापना भएको छ। त्यस्तै , आफ्नो सिस्टममा आबद्ध महिलाहरूलाई सशक्त बनाउने उद्देश्य सहित यसले सक्षम थिमको रिटेल तालिम सञ्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरू सञ्चालन गर्दै आएका १००० जना महिलाहरूलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार