हिमालयन डिस्टिलरीले ९ महिनामा बेच्यो ५ अर्बको मदिरा

गोल्डेन ओक, ब्ल्याक ओकलगायत मदिरा उत्पादक हिमालयन डिस्टिलरी कम्पनीले ९ महिनामा ५ अर्ब १८ करोडको कारोबार गरेको छ। मदिराको चर्चित ब्राण्ड गोल्डेन ओक उत्पादन गर्ने हिमालयन डिस्टिलिरीको नाफा १७.१८ प्रतिशतले बढेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा यो वर्षको चैत मसान्तसम्ममा १७.१८ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यसपाली ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँको मदिरा बिक्री गरेको छ। पोहोरको भन्दा यो ३०.१९ प्रतिशतले बढी हो। पोहोर कम्पनीले ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँको मदिरा बिक्री गरेको थियो।

कम्पनीको मूल्य आम्दानी अनुपात ५१.८८ गुणा छ। कम्पनीको प्रति सेयर नेटवर्थ १६९.६४ रुपैयाँ छ। साथै तरलता अनुपात ३.४१ गुणा छ। कम्पनीको प्रति सेयर आम्दानी बढेर ६९ रुपैयाँ नाघेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार