नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।
पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’
दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए ।
प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।