कञ्चनजंघा आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजंघा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । शवको उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार