यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन जेठ १८ देखि सुरु भएर असोज १४ गतेसम्म रहने अनुमान गरेको छ । यो चार महिनाको अवधिमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आगामी मनसुन सिजनको जलवायुको आंकलन गर्नका लागि गत शुक्रबार राष्ट्रिय मनसुन फोरम आयोजना गरेर सार्वजनिक गरेको थियो । जसअनुसार प्रदेश–१ का तराईका भू–भागहरु, वागमती प्रदेशका उत्तर–पूर्वी भू–भाग, गण्डकी प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भू–भाग तथा सुदुरपश्चिम प्रदेशका उत्तरी भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशका उत्तरी भू–भाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भू–भागहरुमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत, प्रदेश–१ का उत्तरी भू–भाग, वाग्मती प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको छ विभागले जनाएको हो ।

यो अवधिमा अधिकतम तापक्रम देशको उत्तरी भू–भाग र मधेश प्रदेशका धेरै भू–भागहरुमा सरदर हुने सम्भवना ३५देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदरभन्दा कम रहने सम्भावना ३५देखि ६५ प्रतिशत हुने अनुमान गरेको हो । त्य

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार