चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवान नजिक सैन्य अभ्यास, दम्भ कि चेतावनी ?

चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाई अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला दुई वर्षदेखि ताइवान नजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेइले गुनासो गर्दै आएको छ ।

सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिण पश्चिमी भागमा सञ्चालन गरिएका छन् । १८ चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’ मा राखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार