निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँका रुपमा लिएका छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छूट नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन्।

उनले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रचण्डले प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको दाबी गरे।

‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रुपमा लिएका छौं।’ विज्ञप्तिमार्फत उनले भने, ‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन् । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा(स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ । ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार