नुवाकोटको किस्पाङमा बस दुर्घटना, ८ जना घाइते

काठमाडौं । नुवाकोटको किस्पाङ ५ मानेडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आइतबार भाल्चेबाट त्रिशूली आउँदै गरेको बस दुर्घटनामा हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

टिमुरे यातायातको बा ५ ख ६१५४ नम्बरको बसको एक्सेल भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घाइतेमध्ये किस्पाङ गाउँपालिका २ की २८ वर्षीया सिम्रङ तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको टाउकोमा चोट लागेको छ । दुर्घटनामा घाइते भएका ७ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बसमा २७ जना सवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार