जति छिटो सूचना प्राप्त हुन्छ त्यति छिटो समाधानको रणनीति बन्छ : गृहमन्त्री खाण

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् ।

आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाणले सत्य तथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पु¥याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताए ।

नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सास्कृतिकलगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो ।

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र आगामी यो भन्दा प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताए ।

‘विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक, र प्रविधिबारे के कस्ता नयाँ सूचना के आएका छन् । त्यसको प्रभाव के पर्छ ? यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,’ गृहमन्त्री खाणले भने, ‘यसबारे बेलैमा सत्य, तथ्य सूचना अनुसन्धान विभागले राज्यलाई दिइरहेको छ । आगामी दिनमा अझ प्रभावकारी सूचना दिने विश्वासमा सरकार छ ।’

राज्यलाई तकल सथ्य तथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अंग भएको गृहमन्त्री खाणले बताए । अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार