नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको बाटोमा गएको बताएका छन्। चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले माओवादी आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको बताए।
‘नेकपा माओवादी केन्द्र पतनको दिशामा अगाडि बढेको छ। आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको छ,’ बादलले भने, ‘माओवादीहरु पुँजीपति वर्गमा परिणत भएको छ।’
उनले भरतपुरका गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई पूरा फिल्म दुखान्त बन्ने बताए।‘यहाँका नेकपा माओवादीका उम्मेदवारले यो त ट्रेलरमात्र हो, पूरा फिल्म देखाउन बाँकी छ भनेर उद्घोष गरेका रहेछन्। म भन्न चाहन्छु त्यो फिल्म दुखान्त नाटकमा परिणत हुनेछ,’ उनले भने।
गठबन्धनको चुनावी सभामा दाहालले भरतपुरको विकास ट्रेलरमात्र भएको बतएकी थिइन्। पूरा फिल्म त आफूलाई जिताएपछि देख्न मिल्ने उनको भनाइको आश्य थियो।