नेपाल र भारतको सीमानाका मंगलबार रातिदेखि बन्द हुने

नेपालगञ्ज – नेपालमा हुन थालेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै नेपाल र भारतको सीमानाका ७२ घण्टा बन्द हुने भएको छ।

सीमानाका बन्द हुँदा व्यक्ति, सवारीसाधन आवतजावत गर्न नपाउने प्रमुख जिल्ला अधिकारीले बताए। नेपाल र भारतमा चुनाव हुँदा केही घण्टा सीमानाका बन्द गर्ने गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले २७ गते मंगलबार राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार