सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेका छन् । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार शेख इस्तिहारसहित दुई वडा सदस्यका उम्मेदवार बिरामी भएका हुन् । आज दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरू बिरामी परेका थिए । उनीहरूले खाएको मिठाइमा विष देखिएको प्रहरीले जनाएको छ ।
आज मिठाइ खाएलगत्तै वडाध्यक्षका एक र दुई वडा सदस्यका उम्मेदवार बिरामी परेको बताइएको छ । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको सर्लाही प्रहरीले जनाएको छ ।