नेपाल सुपर लिग : धनगढी एफसी शीर्ष स्थानमा

धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरेका थिए ।

खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाएका थिए । यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ । यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ । धनगढी प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन् । धनगढीसँग पराजित पोखराको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार