फ्रान्समा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीका २४ वर्षीय युवक असल राईको फ्रान्समा कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगर पालिका वडा नम्बर १९ निवासी राई विगत केही वर्षदेखि फ्रान्सको काल्भी भन्ने टापुमा लेजन आर्मीमा कार्यरत थिए । उनी सवार कार शनिबार दुर्घटनामा परेको हो ।दुर्घटना पनि काल्भीकै सडकमा भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार