क्षेत्रपाटीबाट जुवा खेलिरहेका ८ जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । होटल गणेश हिमालको कोठा नम्बर ८०८ बाट नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने मुस्ताङ घर भएका ६८ वर्षीय मीनबहादुर गुरुङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो होटलमा जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ नगद र ९ गड्डी तास बरामद गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार