प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा सहयोग नगर्ने देउवाको जवाफ (भिडियोसहित)

आफूहरुले विपक्षको भुमिका निभाउने देउवाको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन् । बुधबार पार्टीका नेताहरुसहित देउवाको निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले कांग्रेससँग विश्वासको मत मागेका हुन् । तर सभापति देउवाले ओलीसँगको सहकार्य अस्विकार गरेका छन् ।

ओलीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको तर कांग्रेसले अस्विकार गरेको कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ओलीको जवाफमा देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार