काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरुको जम्काभेट भएको हो ।
एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए ।