नेकपा एमाले नेता भीम रावलले सच्चा कम्युनिष्ट काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृह जिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिष्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे । उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे ।सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए ।
रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे