चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु, १० को उद्धार

चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ ।

देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३.०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए । खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

आवासिय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो । सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार