जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा

जनकपुर, २४ वैशाख ९रासस०ः आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले चुनौतीपूर्ण बनेको जनकपुरधाम नगर क्षेत्रको फोहर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

विभिन्न दल तथा स्वतन्त्ररूपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । उम्मेदवारले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने चुनावी एजेण्डाका रूपमा उम्मेदवारले अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लालकिशोर साहले फोहरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफाइान सुधार ल्याउने प्रयास गरिए पनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“निर्वाचित भएदेखि नै नगर क्षेत्रलाई सफा, सुन्दर नगर बनाउने सोचका साथ सरसफाइमा जोड दिए पनि डम्पिङसाइट निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसकेकाले गर्न सकिनँ”, उनले भने, “अब निर्वाचित भए तत्काल ल्याण्डफिलसाइट निर्माण गरेर फोहरबाट मल बनाउने कार्यलाई अघि बढाउँछु ।” त्यसका लागि डिपिआर तयार भइसकेको उनको भनाइ थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । जनकपुरधामको परिक्रममा सडकलगायत विभिन्न सार्वजनिकस्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहरमैला सङ्कलन गर्ने सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार