नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै गो र मस्कट सार्वजनिक गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङ सहभागि थिए ।
यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको नारा एकताबद्ध देश, खेलकुदको सन्देश रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार