बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका ५ विजयी

बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका पाँच जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपालीमूलका उम्मेदवार बनेका थिए । त्यसमध्ये लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित बनेका हुन् ।

उनीहरूमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलरमा विजयी भएका हुन् । निर्वाचित हुनेमा तीन जना सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार छन् भने दुई लेबर पार्टीका हुन् । देशभरको पूर्ण नतिजा भने अझै आउन बाँकी नै छ ।

प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ पार्टीले विगतमा जितेका सयौं ठाउँ गुमाएको छ । विपक्षी लेबर र लिबेरल डेमोक्र्याटले भने आफ्नो सिट संख्या बढाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार