काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिकरूपमा विभाजित भएको । पार्टीको असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले पार्टीको नाम र कार्यदिशासमेत परिवर्तन गर्ने निर्णय लिँदै विभाजनलाई पूर्णता दिएको हो ।
बुधबारदेखि चितवनमा सुरू भएको भेलाले पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कारबाही गर्ने निर्णय गरेको थियो । साथै एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गर्ने निर्णय समेत गरेको छ ।
भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समितिसमेत गठन गरेको ती नेताले बताए ।