साझा यातायातका ३ वटा विद्युतीय बस पुल्चोकमा आइपुगेका छन्। साझाले अहिले ल्याएका विद्युतीय बस काठमाडौं उपत्यकामा चल्नेछन्।
साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्नको लागि चिनियाँ कम्पनी सीएचटीसीसँग सम्झौता गरेको छ। चीनमा सफल परीक्षण भएपछि विद्युतीय बस नेपाल ल्याइनेछ।
साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले परीक्षणको लागि ३ वटा बस आएको जानकारी दिए। ‘३ वटा ब्याट्रीबाट चल्ने बस साझा यातायातमा आइपुगेका छन्’, दीक्षितले भने, ‘सरकारी विज्ञले अनुमति दिएपछि ३७ बस आउनेछन्।’