लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा, छोडे शंकर पोखरेलको साथ

नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । यसअघि डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री शंकर पोखरेललाई असहयोग गर्दै आएका थिए ।

माधवकुमार नेपाल झलनाथ खनाल समूहका डाँगी पहिलेदेखिनै मुख्यमन्त्री पोखरेलका आलोचक नेता हुन् । उनले बेला बेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आईरहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार