खानेपानीको विषयमा विवाद हुँदा छिमेकीले कोदालो प्रहार गर्दा २१ वर्षीय श्यामकाे मृत्यु

बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ ।   मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे ।

शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार