गठबन्धनले जितेका ठाउँमा कुराभन्दा काम धेरै गर्नुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनले जितेका ठाउँमा कुराभन्दा काम धेरै हुनुपर्नेमा जोड दिएका छन् । । गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनले जित्नु पर्ने बताएको हुन । उनले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताए ।गठबन्धनलाई मजबुत बनाउन नसके प्रतिगमनकारी शक्ति हावी हुने उनको भनाई छ ।

‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ’, केसीले भने ।

गणतन्त्र जोगाउनकै लागि राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल भएको भन्दै केसीले गठबन्धनमाथि प्रतिगमनको प्रहार जारी रहेको बताए । अघिल्लो निर्वाचनमा वामपन्थीबीच एकता भए पनि जनमतको दुरुपयोग भएका कारण वाम–लोकतान्त्रिक गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार