जिम्बावे ‘ए’सँगको पहिलो एकदिवसीयमा नेपाल पराजित

जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे एले २६ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको हो ।

जिम्बावे एका लागि ओपनर इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान गरे । अर्का ओपनर केफास झुवाओले ३२ रन बनाउँदा तडिवानासे मरुमणिले ४ रन, रोय काइयाले १४ रन, टोनी मुन्योंगाले ५ रन, जोनाथन क्याम्पबेलले ५ रन, क्लाइभ मडान्डेले १ रन, लुक जोंगवेले ५ र ब्राड इभान्सले १७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र करन केसीले दुई/दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर खराब ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १० विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

नेपालका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर सोमपाल कामीले ३० रनको योगदान गरे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १९ र ५ रनमै आउट भए । आरिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले १८, रोहित कुमार पौडेलले ३, मोहमद आदील आलमले २, करण केसीले २५, सन्दीप लामिछानेले ४ र सागर ढकालले १ रन जोडे । सुशन भारी शून्यमै आउट भए ।

जिम्बावे एका लागि ब्राड इभान्सले चार विकेट लिए । भिक्टर न्याउची, ब्रान्डन मावुता र केफास झुवाओले दुई/दुई विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार