हुम्लाको हिमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपाल टेलिकम जुम्लाका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको बताएको छ ।

नेपाल टेलिकम जुम्लाका एक कर्मचारीले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार