काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’
पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए । तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए ।