नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।  २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २२ औं वर्षमा प्रवेश गरेको छ । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले आफ्नो स्थापनाको २२ औं बार्षिकोत्सवको अवसरमा अझै सरल जीवन बीमा सेवा प्रवाह गर्दै उत्कृष्ट कम्पनीको रुपमा निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफलाई आजको अवस्थामा ल्याउन भूमिका निर्वाह गर्ने लगानीकर्ता, कर्मचारी, बीमा अभिकर्ता तथा नियामक निकायमा हार्दिक आभार व्यक्त गरेका छन् । अध्यक्ष संघाईले २२ र्औ बार्षिकोत्सवको अवसरमा अझै उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् ।

२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार