भारतमा नेपालको विद्युत विक्रीका लागि टेन्डर आहृवान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी बाँकी रहेको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । प्राधिकरणले शुक्रबार टेन्डर आहृवान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त टे्रडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार