बलात्कारको आरोपमा २० वर्षीय युवा पक्राउ

बलात्कारको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास नगरपालिका–३ बस्ने २० वर्षीय युवा सुवास कटुवाल रहेका छन्।

कटुवालले १६ वर्षीय एक नाबालिकालाई गत वर्ष फागुन ८ गते बिहान जबरजस्ती गरेको भनी जिल्ला प्रहरी कार्यालय धनकुटामा वैशाख १९ गते सोमबार जाहेरी प्राप्त भएको र प्रहरीले आरोपित कटुवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपितलाई धनकुटा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सुचना अधिकारी डीएसपी चिरन्जीवी दाहालले जानकारी दिए । अनुसन्धान जारी रहेकोले पीडित पक्षबाट उजुरी ढिलो आउनुको कारण भने खुलेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार