सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज शुक्र नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहीबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार