प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।सञ्चालक समितिको बिहीबार बसेको बैठकबाट प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि बिमा समितिमा पठाउने निर्णय गरेको छ । बिमा समितिले स्वीकृति दिएपश्चात् मात्रै प्रसाईँले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् ।

यसअघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए । चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै फागुनमा राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओविहीन थियो ।

प्रसाईँ यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल लाइफबाट राजीनामा दिएपछि प्रभु लाइफले प्रसाईँलाई फागुन महिनामा नै सल्लाहकारका रूपमा नियुक्त गरेको थियो ।

प्रसाईँले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीईओ पदको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईँ ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका हुन् । यस अघि पनि बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

सञ्चालक समितिले उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार