धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्रबहादुर याखा रहेका छन् ।
कुशेटारबाट मदेनतर्फ आउँदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराति पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।